Logo

नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, माघ १४ देखि २८ गतेसम्म बुक क्लोज हुने



काठमाडौं, १३ माघ । नेपाल लाइफ इन्स्योरेन्सको आज लाभांश सुरक्षित गर्ने दिन अन्तिम हो । इन्स्योरेन्सको साधारण सभा आगामी माघ २८ गते बोलाएको छ । इन्स्योरेन्सले सभा प्रयोजनार्थ माघ १४ गतेबाट २८ गतेसम्म बुकक्लोज गर्ने भएकोे हो ।

मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । माघ ५ गते बसेको संचालक समितिको बैठकले सभा होटल भिस्वा बीरगञ्ज पर्सामा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।

सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभाले दुई जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्