काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य डा. चन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।
उनकाअनुसार घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको छ । त्यस्तै, बैठकले म्याद सकिएका पार्टीका भातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय गरेको छ। भण्डारीकाअनुसार नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनलाई ६ महिना निरन्तरताका लागि निर्णय गरेको हो ।
File Photo/ReportersNepal