Logo

पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर अख्तियारको फन्दामा



काठमाडौ, १३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई, (शिक्षा) तनहुँका सव–इन्जिनियर सुरेन्द्र अधिकारीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । अधिकारीमाथि विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भानु नपा कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव–इन्जिनियर अधिकारीले विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए बापत १ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।

अधिकारीलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्