Logo

चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



मकवानपुर, १३ माघ ।  चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ छ । हेटौंडा सानोपोखरा डेरा गरी बस्ने २५ वर्षीय निरज मनियारलाई चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान बन्सखण्डी बस्ने ३६ वर्षीय राज तिमल्सिना सोमबार राति पक्राउ परेका हुन् ।

सोही उपमहानगरपालिका-२ बन्सखण्डी बस्ने २२ वर्षीया महिलालाई निरजले हातपात गरेको भन्दै राजले चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले राजलाई पक्राउ गरेको बताएको छ । घाइते निरजलाई उपचारका लागि हेटौंडा अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर पठाएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्