Logo

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा



काठमाडौं,, माघ १४ । कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ ।

नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । काम केही समय रोकिए पनि हाल भने दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए ।

हाल दुई सिफ्ट गरेर ३ सय ५० जना कर्मचारीले काम गरिरहेको उनले बताए । ‘हाल सुरुङ खान्ने काम थालिएको र करिब ३० मिटर प्वाल पारेपछि मात्र विस्फोटक पदार्थ प्रयोग हुनेछ।’ –उनको भनाइ छ ।

जापान सरकारको १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ५ दशमलव ८ अर्ब लागतमा बन्न लागेको सुरुङ मार्गको जम्मा लम्बाइ सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर हुनेछ भने त्यसमा सुरुङको लम्बाइ २ दशमलव ६८८ किलोमिटर रहनेछ ।



प्रतिक्रिया दिनुहोस्