Logo

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा



काठमाडौं, माघ १४ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार माघ १९ गते पार्टीका भ्रातृ संगठनहरू, २४ गते पार्टीका शुभेच्छुक संगठनहरू र ३० गते कांग्रेस जिल्ला कार्यसमितिहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा गर्नेछन् । केन्द्रीय समितिले तय गरेका आन्दोलनका कार्यक्रमबाहेक भ्रातृ संगठन, जिल्ला समिति तथा शुभेच्छुक संगठनहरूले आवश्यकता अनुसार विरोधका कार्यक्रम गर्न सक्ने निर्णय बैठकले गरेको जानकारी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले गराए ।

प्रवक्ता शर्माका अनुसार बैठकले प्रधानमन्त्री निवास बालुबटारअगाडि नागरिक समाजले सोमबार गरेको प्रदर्शनमा प्रहरीले गरेको लाठी प्रहारको निन्दा गरेको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्