Logo

सातै प्रदेशबाट एकै पटक कोरोना खोपको उट्घाटन



काठमाडौं, माघ १४ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाउने कार्यक्रम छ ।

अभियानसँगै नेपाल कोभिड–१९ विरुद्धको खोप पाउने मुलुकमा दक्षिण एसियामा भारतपछि दोस्रो मुलुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालपछि बुधबार दिउँसो बंगलादेशमा खोप अभियान सुरु हुने भएको छ ।

भारतले एक साताअघि अनुदानस्वरुप दिएको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिडसिल्ड’ नामक खोप लगाइँदै छ ।

पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न कर्मचारी र शववाहन चालकलगायत छन् । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने परिवार कल्याण महाशाखाले जनाएको छ । बुधबार देशभरि १ सयभन्दा बढी खोप केन्द्रबाट खोप दिइने कार्यक्रम रहेको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्