Logo

बामदेव संयोजक रहेको ७५१ सदस्यीय राष्ट्रिय एकता अभियानको औपचारिक घोषणा हुँदै



काठमाडौं, १४ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको एकता राष्ट्रिय अभियानको आजबाट औपचारिक घोषणा हुने भएको छ । आज धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा यसको घोषणा हुने भएको हो ।

एकता अभियानमा नेकपाका प्रदेशसभा सांसद देखि निवर्तमान सांसद, केन्द्रीय सदस्यहरु पनि रहेका छन् । मनाङ ख का प्रदेशसभा सांसद दिपक मनाङे पनि रहेका छन् ।

निर्वाचन आयोगले केपी शर्मा ओली र प्रचण्ड माधवकुमार नेपाल समूहको नेकपा दुुवैको विभाजनलाई अस्वीकार हुने गरी निर्णय दिएपछि गौतम झन् उत्साही छन् । उनले नेकपा एकता अभियान चलाएर शक्ति सञ्चय पनि गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot