Logo

कुनैपनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुन्छ : आनन्द पोखरेल (भिडिओसहित)



काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक रुपमा प्रतिनिधिसभा विघटन गरेको पनि उनको स्पष्टोक्ति थियो । उनले कुनैपनि हालतमा निर्वाचन नरोकिने पनि जिकिर गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संसद पूनःस्थापना नहुने पनि जिकिर गरे । संविधानले ६ महिनाभन्दा बढि संसदविहीन अवस्थाको कल्पना नगरेको सुनाउँदै निर्वाचनमा जानु अनिवार्य भएको पनि पोखरेलले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्