काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले अहिलेसम्म चुनावबाट कहिल्यैपनि टाढा नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन र नेपाली कांग्रेस एक–अर्काको परिपुरक भएको पनि उनको भनाई छ । यद्धपी उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको कदमलाई असंवैधानिक कदमको संज्ञा दिए । र, आफ्नो पार्टी प्रधानमन्त्री ओलीको कदमको विरुद्ध आन्दोलनमा उत्रिएको यादवले जनाए ।