Logo

यातायात कार्यालयका कर्मचारी र विचौलिया घुससहित नियन्त्रणमा



जनकपुर, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसमेत २ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

“स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाइएको उजुरीको आधारमा कापरसहित विचौलिया राज किशोर भगतलाई २ लाख ७३ हजार ८ सय ५० रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कापरको कोठामा खानतलासी गर्दा उक्त रकमसहित परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको ५० हजार रकमसहित बिचौलिया भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं. भएको कागजात बरामद गरेको थियो ।

मंगलबार यातायात व्यवस्था कार्यालय, जनकपुरधाम परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्