Logo

अधिवक्ता बस्नेतद्वारा चार पूर्व प्रधानन्यायाधीशहरुविरुद्ध अदालतको अपहेलना मुद्दा दायर



काठमाडौं, १४ माघ । अधिवक्ता धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीहरु मीनबहादुर रायमाझी, अनुपराध शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका छन् ।  मुद्दाको पेशी माघ १५ गते तोकिएको छ । न्याय प्रशासन ऐन-२०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायको माग रिटमा गरिएको छ । पूर्वप्रधान्यायाधीशहरु रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले २४ पुसमा संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्