Logo

बावुले गरे २ वर्षीया छोरीको हत्या



काठमाडौं, १४ माघ । हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीमा आफ्नै २ वर्षीया छोरीको हत्या गरेको अभियोगमा शितगंगा नगरपालिका–२ झिर्रा बस्ने २४ वर्षीय सन्तोष घिमिरे मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा घिमिरेले आफ्नै छोरीको हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने २७ वर्षीय अमृत सिंहलाई धारिलो हतियार खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा छबिसपाथिभेरा गाउँपालिका–२ बस्ने ३२ वर्षीय ज्ञान बहादुर कडायत, ३२ वर्षीय प्रकाश ऐडी र ४० वर्षीय केदारमान ऐडी रहेका छन् । उनीहरुले अमृतलाई खुँडा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न कडायतलाई मंगलबार तथा प्रकाश र केदारमानलाई बुधबार बिहान पक्राउ गरेको जनाएको छ ।

घाइते अमृतको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्