Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १४ माघ । अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ चार बाहिनी रोडटोलबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित ३ जना मंगलबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय सुमन बटाला, २८ वर्षीय गणेश सुनार र २९ वर्षीय गंगे सुनार रहेका छन् । विशेष सूचनाको आधारमा प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले सुमन बटालाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्