Logo

६ महिनामै बैकहरुले गरे ९ अर्ब नाफा



काठमाडौं, १४ माघ । कोरोना महामारीबीच पनि बैंकहरुले ठुलो मुनाफा गरेका छन् । विभिन्न बैंकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार, वाणिज्य तथा विकास बैंकहरुले यो पुस मसान्तसम्ममा साढे ९ अर्ब नाफा कमाएका हुन् ।

गएको आवमा ७ अर्ब ६७ करोड ७६ लाख नाफा कमाएका बैंकहरुले यो वर्ष सोही अवधिमा २२.३१ प्रतिशतले धेरै हो । नेपाल बैंकले गएको वर्ष १ अर्ब ३५ करोड २३ लाख नाफा कमाएको थियो भने यो चालु आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३५ करोड ४ लाख नाफा गरेको छ । यो गत वर्षको त्ुलनामा १९ लाख ७३ हजार रुपैयाँले कम हो ।

सानिमा बैंकले यो चालु आवमा १ अर्ब ६ करोड २७ लाख खुद नाफा गरेको छ । ९४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने गएको वर्षमा उक्त अवधिमा १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी, प्रभु बैंक लिमिटेडले यो अवधिमा डेढ अर्ब नाफा आर्जन गरेको छ । गत वर्ष १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने यो चालु आवमा बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्ष त्रैमाससम्मको तुलनामा ३९.८७ प्रतिशतले धेरै हो ।

त्यस्तै, इन्भेष्टमेन्ट बैंकले ६ महिनामा १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । सिटिजन बैंक, सनराइज बैंक, कुमारी बैंक र नेपाल बंगलादेश बैंक लगायतले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्