Logo

नेपाल लाइफको शेयरमुल्य समायोजन



काठमाडौं, १४ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बोनस शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले इन्स्योरेन्सको अन्तिम कारोबार भएको शेयर मुल्य २८ सय ७२ रुपैयाँ मुल्यको आधारमा समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको ३१ बोनस शेयर पछिको प्रतिकित्ता २१ सय ९२ रुपैयाँ कायम हुनेगरी शेयर मुल्य समायोजन गरेको जनाएको छ । इन्स्योरेन्सको साधारण सभा आगामी माघ २८ गते बस्ने भएको छ । सभा प्रयोजनार्थ लागि माघ १४ गतेबाट २८ गतेसम्म बुकक्लोज गर्ने भएकोे हो ।

मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । माघ ५ गते बसेको संचालक समितिको बैठकले सभा होटल भिस्वा बीरगञ्ज पर्सामा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।

सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत गरी कुल ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभाले दुई जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्