Logo

प्रभु बैंकको खुद नाफा ४० प्रतिशत



काठमाडौं, १४ माघ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० प्रतिशत नाफा कमाएको छ । गएको वर्ष पुस महिनासम्ममा बैंकले १ अर्ब ८ करोड नाफा गरेको थियो । यस वर्ष सोही अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको जनाएको छ । गएका आवको तुलनामा ३४÷२७ अर्ब रुपैयाँले धेरै हो । त्यसरी नै बैकले गएको वर्षमा २ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको यस अवधिमा २ अर्ब ६९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

कर्मचारीको लागि १ अर्ब २६ करोड र अन्य संचालन खर्चमा ४७ करोड ३० लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्