Logo

बुद्वभुमि नेपालद्वारा बोर्डमा आईपीओ निष्कासन गर्न अनुमति माग



काठमाडौं, १४ माघ । बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आईपीओ बिक्रि गर्न अनुमति माग गर्दै निवेदन दिएको छ । १२ करोड बराबरको १२ लाख आईपीओ आयोजना वरिपरिका स्थानिय र सर्वसाधारणको लागि बिक्रि गर्न कम्पनीले माघ ८ गते निवेदन दिएको हो ।

नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र ४ लाख कित्ता आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्रि गर्ने जनाएको छ ।

शेयर जारी भएपछि कम्पनीको चुक्तापुँजी ४० करोड पुग्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापुँजी २८ करोड रुपैयाँ रहेको छ । आईपीओ त्रिक्रि तथा प्रबन्धकमा कम्पनीले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्