Logo

सानिमा बैंकको त्रैमासमा नाफा घट्यो



काठमाडौं, १४ माघ । सानिमा बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले नाफा कम भएको छ । यो वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ नाफा कमाए पनि गत वर्षको तुलनामा कम हो ।

बैंकले १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको जनाएको छ । बैंकको व्यापार बढेपनि ब्याज आम्दानीमा कमी आएकोले नाफा घटेको हो । हाल ९ अर्ब ६८ करोड चुक्तापुँजी भएको बैंकसँग ८९ करोड रुपैयाँ बाँडफाँड नभएको नाफा र ३ अर्ब रुपैयाँ बराबरको जगेडा कोष रहेको छ । बैकको जगेडा कोषमा गएको वर्षको त्ुलनामा १८ करोडले बृद्धि भएकोे हो ।

सानिमा बैंक कर्मचारी खर्च ६६ करोड ८२ लाख र अन्य संचालन खर्चमा ३१ करोड १० लाख रुपैयाँ भएको छ । बैंकको पुँजीकोष अनुपात १५.०४ प्रतिशत रहेको छ । बैंकको ब्याजदर ६.८३ प्रतिशत र ब्याजको स्पे्रडदर ४.२१ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्