Logo

नेकपा विभाजनले चीनको कम्युनिस्ट पार्टी रोएको छः वामदेव गौतम (भिडियोसहित)



काठमाडौं, १४ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटले सँसारभरका कम्युनिस्टलाई रुवाएको बताएका छन् । उनले चीनको कम्युनिस्ट पार्टी पनि नेकपा फुटबाट रोएको बताए ।

‘अहिले चीनको कम्युनिस्ट पार्टी रोएको छ,’ एकता राष्ट्रिय अभियान घोषणा गरेपछि आज ललितपुरमा सम्बोधन गर्दै गौतमले भने,‘आज सँसारभरका कम्युनिस्ट पार्टीलाई रुवाएको छ ।’ नेकपाका केही नेताहरु पार्टी फुटाएर हाँसिरहेको गौतमको भनाई थियो । उनले नेताहरु गालीगलौजमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरे । नेताहरु आरोप प्रत्यारोपमा लागेको विषय उल्लेख गर्दै उनले भने,‘न सुन्न सकिन्छ न हेर्न सकिन्छ ।’

नेपालमा नयाँ मोडालिटीका साथ कम्युनिस्ट पार्टी बढिरहँदा फुटेको बताए । नेपालमा जनताको बहुदलीय जनवादबाट समाजवाद निर्माण हुन्छ भनेर सँसारभर सन्देश गइरहँदा पार्टी फुटेको बताए ।

नेकपा फुटमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री प्रचण्ड दुवै उत्तिकै जिम्मेवार रहेको उनको टिप्पणी थियो । उनले अब ओली र प्रचण्डलाई मिलाउने दाबी गरे । छ महिनाभित्र पार्टी एक बनाउने उनको दृढता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot