Logo

कामना सेवाले ऋणपत्र जारी गदै



काठमाडौं, १४ माघ । कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले माघ २२ गतेबाट निष्कासन गर्ने ऋणपत्र १ अर्ब रुपैयाँ बराबरको भएको जनाएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरका १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्र मध्ये ६० करोड रुपैयाँको ६ लाख कित्ता व्यक्तिगत तर्फबाट र ४० करोड रुपैयाँ ४ लाख कित्ता सर्वसाधारणमा बिक्रि गर्न लागेको बैंकले जनाएको छ । २० हजार कित्ता सामुहिक लगानी कोषमा कम्पनीले सुरक्षित राख्ने भएको छ ।

ऋणपत्रमा आवेदन दिन चाहानेले न्युनतम २५ कित्तादेखि २० हजार कित्तासम्म खरिदको लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक रुपमा ९ प्रतिशतका दरले ब्याज प्राप्त गर्न सक्नेछन् ।

उक्त ऋणपत्रमा माघ २६ गतेभित्र आवेदन दिन सकिनेछ र सो अवधिमा आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था बैंकले गरेको छ । ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय सस्थाका कार्यालय र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्