Logo

ब्याज आम्दानी घटेपनि सनराइज बैंक नाफामा



काठमाडौं, १४ माघ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सामान्य रुपमा नाफा कमाएको छ । वित्तीय विवरण अनुसार बैकले ९४ करोड ९४ लाख रुपैयाँ नाफा गरेको हो । यो गएको आवको उक्त अवधिको तुलनामा ०.५३ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष यो अवधिमा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा सामान्य सुधार भएको हो । हालसम्म बैकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोडमा सिमित भएको छ भने संचालन नाफा ०.८३ प्रतिशत बृद्धि भई १ अर्ब ३५ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ, शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ र ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ बैंकको चुक्तापुँजी रहेको छ । पछिल्लो त्रैमाससम्ममा निक्षेप २.४२ प्रतिशत बृद्धि भई ९२ अर्ब ४० करोड रुपैयाँ र ऋण ७.३४ प्रतिशत बृद्धि भई ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्