Logo

सुर्या लाइफको नगद लाभांश शेयरधनीको खातामा जम्मा



काठमाडौं, १४ माघ । आफ्ना शेयरधनीहरुको बैंक खातामा सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । साधारण सभाले पारित गरेको ८ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

माघ ६ गते सम्पन्न भएको सभाले पुस १६ गतेसम्म बैक खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले शेयरधनीहरुलाई हितग्राही खातामा बैकको खाता नम्बर अपडेट गराउन तथा हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरेर नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय सस्थाको खाता नम्बर अपडेट गराउन आग्रह गरेको छ ।

शेयर प्रमाणपत्र धितोमा राखेर कर्जा लिएका शेयरधनीहरुलाइृ बैंक तथा वित्तीय सस्थाबाट फुकुवा पत्र प्राप्त भएपछिमात्र खातामा नगद लाभांश जम्मा गरिदिने बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्