Logo

६ वर्षीया बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ



धनुषा, १४ माघ । बालिकालाई बिक्री गर्न लैजाँदै गरेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुरका ३५ वर्षीय मनोज महतो मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका(२ स्थित सडकबाट फेला पारी पक्राउ गरेको जनाएको छ । महतोमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्