Logo

९ हजार ८४ जनाले लगाए कोरोनाविरुद्धको खोप



मनाङ, माघ १५ । बुधबारदेखि देशभर अभियानकैरुपमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भएको छ । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत हिजो बुधबार ९ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

प्रदेश १ का १ हजार २ सय ५५, प्रदेश २ का ७ सय २६, बागमतीका २ हजार ६ सय ९४, गण्डकीका १ हजार ८ सय ४३, लुम्बिनीका ७ सय ३३, कर्णालीका ७ सय ५१ र सुदूरपश्चिम प्रदेशका १ हजार ८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

खोप कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देशसँगै गरिएको थियो । कोरोनाले आम मानव जातिमा दुःखसँगै केही परिवर्तनको शिक्षा दिएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सकारात्मक पक्षमा खानपिन तथा आनीबानीमा समेत परिवर्तन ल्यायो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्