मुगु, माघ १५ । हिमाली जिल्ला मुगुका सबै बिक्री केन्द्रमा करिब ६ महिनापछि खाद्यान्न पुगेको छ । जिल्लाका डिपो तथा बिक्री केन्द्रहरूमा चामल पठाउन ठेक्का पाएको शर्मा ढुवानी सेवा केन्द्रलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले बारम्बार ताकेता गरेपछि खाद्यान्न पु(याइएको हो ।
मुगुका लागि आएको चामल प्रदेश राजधानीमै गायब, दशैंको मुखमा मुगुका गाउँमा खाद्यान्न डिपो रित्तैलगायतका शिर्षकमा समाचार प्रकाशित भएसँगै शाखा कार्यालय गमगढीले ताकेता गरेपछि ६ महिनासम्म रित्तै भएको पुलु डिपो केन्द्रमा पुस पहिलो साता खाद्यान्न पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार बौद्ध धर्मावलम्बलीको ल्होसार पर्व लक्षित खाद्यान्न पु¥याएको शाखा कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले बताए। शाखा कार्यालय सदरमुकाम गमगढी बजारबाट पुलु डिपो केन्द्रका लागि ३५ क्विन्टल र सुर्खेत शाखा कार्यालयबाट २ सय ७० क्विन्टल खाद्यान्न ढुवानी भएर आएको उनले बताए ।
त्यस्तै, सोरु गाउँपालिकाको सोरुकोट डिपो केन्द्रमा २ सय क्विन्टल चामल मौज्दात छ भने कालै बिक्री केन्द्रमा १ हजार ९० क्विन्टल खाद्यान्न मौज्दात रहेको अधिकारी बताउन्छन् । खत्याड गाउँपालिकाको रातापानीमा रहेको डिपो केन्द्रमा ६० क्विन्टल खाद्यान्न छ भने शाखा कार्यालय गमगढी बजारमा २ हजार ८ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको सूचना अधिकारी पुष्कर भामले बताले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।