Logo

ट्रान्सपरेन्सी इन्टरनेशनलले भने–नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा (रिपोर्टसहित)



काठमाडौं, १५ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टाचार बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । १८० देशको सार्वजनिक क्षेत्रमा भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारेकोे सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा परेको छ । गत वर्ष यस सूचीमा नेपाल ११३ औं स्थानमा रहेको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ । हेरौं तथ्यांक :



प्रतिक्रिया दिनुहोस्

Screenshot