Logo

निर्वाचन आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षका नेताहरुलाई बोलायो



काठमाडौं, १५ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्ष र दाहाल–नेपाल पक्षका नेताहरुलाई छलफलको लागि बोलाएको छ । आयोगले भोलि विहान साँढे ११ बजे आयोगको कार्यालयमा छलफलको लागि दुवै पक्षका नेतालाई बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र विवाद सुरु भएर दुई पक्ष भएको छ ।

दुवै पक्षले नेकपा आफ्नो समूहको हो भनेर आधिकारिकताको लागि दाबी गरिसकेका छन् । तर, आयोगले ओली र दाहाल अध्यक्ष रहेको नेकपालाई नै मान्यता दिएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरिसकेका छन् ।  File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्