Logo

कम्युनिस्ट नेताहरु नास्तिकबाट आस्तिक



काठमाडौं, १५ माघ । नेपालका ‘नेल्सन मण्डेला’ भनेर चिनिएका मोहनचन्द्र अधिकारी त्यागी कम्युनिस्ट नेताका रुपमा परिचित थिए । मार्क्स र लेनिनको सिद्धान्तलाई खारेका अधिकारी उमेरले पाका भएपछि धार्मिक बने । उनी पूजा प्रार्थनामा बढी समय खर्चन थाले ।

मार्क्सले धर्मलाई अफिम भनेका छन् । उनै मार्क्सको सिद्धान्त मार्क्सवादी विचारमा विश्वास गर्ने नेपालका कम्युनिस्ट नेताहरुमध्ये कतिपय नास्तिकबाट आस्तिक हुन थालेका छन् । जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पनि हुन् ।

ईश्वरको नाममा नभई जनताको नाममा सपथ खाएका ओली पछिल्लो समय आध्यात्मिक देखिएका छन् । उनका भाषणहरुमा आध्यात्मिक विषय बढी सुन्न थालिएको छ । ११ माघमा ओली पशुपतिनाथको दर्शन गर्न पुगे । उनले त्यहाँ संकल्प पूजा समेत गरे ।

ओलीको पशुपतिनाथ यात्राले तरंग नै ल्यायो । उनले यसको बचाऊ गर्दै आयातित संस्कृति नभई आफ्नै संस्कृतिको अभ्यास गरेको प्रतिक्रिया दिए । उनले यसबारे चासो बढेपछि प्रश्न गर्दै भने,‘ पशुपतिको मन्दिर गएर के बिग्रियो ?’

नास्तिक नेता आस्तिक भएको विषय जोडतोडले उठ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैंसी पूजा गरेको विषय उठाएका छन् । विगतमा प्रचण्डले भैंसी पूजा गरेको तस्बिर समेत सार्वजनिक भएको थियो । तर, प्रचण्डले आफूलाई नास्तिक र धर्मनीरपेक्षको पक्षधर भन्दै आएका छन् ।

यतिबेला नेकपाको विभाजित दुई समूहबीच आस्तिक कि नास्तिक, धर्मनीरपेक्ष या धर्मसापेक्ष भन्ने बहस चलन थालेको छ । कतिपयले ओलीको पशुपतिनाथको यात्रालाई हिन्दुराष्ट्र पुनः स्थापना गर्ने रणनीतिका रुपमा बुझ्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot