Logo

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट, ५० कित्ता अनिवार्य बढीमा ६० कित्तासम्म पाउने



काठमाडौं, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँट भएको छ । शेयरर बिक्रि तथा प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुुसार १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्ता शेयरको लागि आवेदन दिनेलाई माग अनुसार नै शेयर वितरण गरेको क्यापिटलले जनाएको छ । त्यसैगरी, ६० कित्तादेखि २ लाख कित्तासम्म शेयर माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँँट गरेको छ ।

प्रबन्धकको अनुसार शेयरमा सहभागीमध्ये ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । आवेदन परेका मध्ये १४ लाख ७५ हजार ८ ओटा आवेदन योग्य भएको जनाएको छ ।

५० कित्ताका दरले ११ लाख ९४ हजार ४ जनाले, ४० कित्ता १९ हजार ९३४ जनाले, २० हजार २४८ जनाले ३० कित्ताको, २० कित्ताको लागि २९ हजार ८५४ जनाले र ३४ हजार ३० जनाले १० कित्ता शेयर पाएका छन् । बैंकले नेपालको इतिहासकै ठुलो आईपीओ ८ करोड कित्ता शेयर निष्कासन गरेकोमा सर्वसाधारणको लागि ७ करोड ५८ हजार कित्ता शेयर निष्कासन गरेको थियो । १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।

बैकले माघ २ गते देखि माघ ६ गतेसम्म जारी पुँजी अर्ब रुपैयाँको ४० प्रतिशत हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । हाल १२ अर्ब चुक्तापुँजी रहेको बैंकको आईपीओ बाँडफाँटपछि २० अर्ब पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्