Logo

आज सिद्धार्थ र नारायणी बैैंकको साधारण सभा हुँदै



काठमाडौं, १६ माघ । शुक्रबार (आज) सिद्धार्थ बैंक लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा हुँदैछ । सिद्धार्थ बैंकको १९ औ सभा आम्रपाली बैंक्वेट बालुवाटारमा भर्चुअल माध्यमबाट हुने भएको हो । सभाले आर्थिक वर्ष ०७६÷०७७ को नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको पुस २१ संचालक समितिको बसेको बैठकले निर्णय गरे अनुसार १९ औ साधारण सभा स्टार ब्याङक्वेट रत्ननगर चितवनमा दिउँसो १ बजेदेखि बस्ने भएको छ । सभाले बोर्डले अनुमति दिएको १ हजार ५ हकप्रद बिक्रिपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ चुक्तापुँजीमा १ः२ अनुपातमा पुनः हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

सभाले आव ०७६÷०७७ को लेखापरिक्षणको प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र पारिश्रामिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्