Logo

चित्रबहादुर केसीको प्रश्न :अहिले निर्वाचन गर्ने बेला हो र ? (भिडिओसहित)



काठमाडौं, १६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्रतिगमनकारी कदम चालेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले निर्वाचन गर्ने बेला हो र ? भन्दै प्रश्न गरे । बरु, अहिले युवाहरुलाई रोजगारी दिने र कोरोनाको उपचार गर्ने बेला भएको उनको तर्क छ । उनले प्रधानमन्त्री ओलीले हुँदाखाँदाको संसदलाई विघटन गरेर आर्यघाटमा पुर्याउने काम गरेको भन्दै आलोचना समेत गरे । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्