Logo

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसको सहकार्यमा कर्पोरेट–पे सेवा सुचारु



काठमाडौं, १६ माघ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहक महानुभावहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने Corporate Pay” प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी श्री महेश मिश्रज्यू तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत श्री मुन्नी राजभण्डारीज्यूले हस्ताक्षर गरे ।

बैंकको आफ्ना संस्थागत ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ । उक्त प्रणाली मार्फत ConnectIPS वा NCHLIPS  भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहक महानुभावहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नुहुनेछ ।

संस्थागत ग्राहक महानुभावहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैकमा आवेदन दिनुपर्नेछ । साथै, ग्राहक महानुभावहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुदाँ संस्थागत ग्राहक महानुभावहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न Multi layer Authentication  को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकमहानुभावहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्