काठमाडौं, १६ माघ । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । उक्त बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजानेगरि माघ २९ गतेसम्मको कार्यक्रम बनाएको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी गराएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो जानकारी गराएका हुन् । उनले लेखेका छन् :
जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम संगसंगै लैजाने गरी माघ२९गतेसम्मको कार्यक्रम बनाएको छ।जसअनुसार माघ२३-जिल्ला;माघ२५-संघीय र प्रदेश निर्वाचन क्षेत्र;माघ२७-मानपा/उमानपा/नपा/गापा;माघ२९-वडा तहमा समायोजन संगसंगै पुत्लादहन/मसाल जुलुस लगायत कार्यक्रम!