Logo

गाँजासहित पक्राउ



सुनसरी, १६ माघ । अवैध लागूऔषध सहित बुधबार एकजना पक्राउ परेका छन् । धरान भानुचोकबाट १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धनकुटा बेलहराबेसीका २३ वर्षीय कमल बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कमललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । कमलमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप भई यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्