Logo

स्रोत नखुलेको रकमसहित ५ जना पक्राउ



काठमाडौं, १६ माघ । स्रोत नखुलेको रकम सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको बताएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण बिभाग पुल्चोक पठाइने उक्त वृत्तले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्