Logo

६ जना जुवाडे पक्राउ



ललितपुर, १६ माघ । तास खेलिरहेको अवस्थामा ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२६ सिमाखुस्थित खोटाङ मजुवागढी घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको टहरामा तास खेलिरहेका अवस्थामा राई लगायत ६ जना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्