Logo

नेकपाका दुवै पक्ष केही दिनपछि सर्वाङ नाँग्गिनेछन् : गगन थापा



काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले सर्वोचच अदालतले न्याय गरेको देखिनुपर्ने बताएका छन् । उनले नेकपाको विवादबारे अहिले कसैले नबोलेपनि केही दिनपनि एकले अर्कोलाई नँग्याउने क्रममा दुवै पक्ष सर्वाङ नाँग्गिने बताए । आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले आजको मूल प्रश्न संविधानमाथि गरिएको घात भएको र संविधानलाई मूल ट्रयाकमा फर्काउनुपर्ने नै भएको बताए । Photo : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्