Logo

इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्र आजबाट बिक्रि खुल्ला



काठमाडौं, १६ माघ । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले आजबाट ऋणपत्र बिक्रिमा ल्याएको छ । बैंकले निष्कासन गरेकोे ऋणपत्रको नाम ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ ।

कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मुल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । बैंकले निष्कासन गर्ने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गर्ने भएको छ । ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

१ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्रि गर्ने भएको हो । उक्त ऋणपत्रमा २५ कित्ता देखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र माघको २० गतेसम्म बिक्रि तथा खुल्ला रहनेछ ।

ऋणपत्रको निष्कासन तथा बिक्रि प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानी गर्न इच्छुकहरुले धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरु र उनीहरुले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्