Logo

वामदेवको एकता अभियान घोषणामा मनाङे किन आएनन्



काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि तटस्थ भूमिकामा रहेका उपाध्यक्ष वामदेव गौतमले यसै हप्ता राष्ट्रिय एकता अभियानको औपचारिक घोषणा गरेका छन् । उनी अभियानको संयोजक बसेका छन् । अभियानमा निवर्तमान सांसद देखि प्रदेशसभा सांसदहरु पनि सक्रिय छन् । ती मध्ये मनाङ ख का प्रदेशसभा सांसद दिपक मनाङे अर्थात् राजीव गुरुङ पनि हुन् । उनले गौतमलाई भैंसेपाटीस्थित निवासमै भेटेर एकता अभियानबारे कुराकानी गरेका थिए ।

अभियान घोषणामा मनाङे भने सहभागी भएनन् । मञ्चमा उनी थिएनन् । न त मञ्च बाहिर नै थिए । तर, अभियानमा उनी निकै सक्रिय थिए ।
मनाङले एकता अभियानमा सक्रियता देखाउँदै आएका छन् । उनले एकता अभियानमा शक्ति प्रदर्शनको जिम्मेवारी पनि पाएका छन् । ग्याङस्टरबाट राजनीतिमा प्रवेश गरेका मनाङे समर्थकहरु काठमाडौं र पोखरामा उल्लेख्य संख्यामा छन् । उनले तिनलाई अभियानमा सक्रिय बनाउन थालेका छन् ।

मनाङे एकता अभियान घोषणामा अनुपस्थित नहुनुमा गौतम समूहकै योजना थियो । उनको सहभागिताले घोषणा अभियान नै ओझेलमा पर्न सक्थ्यो । उनको पृष्ठभूमि विवादास्पद रहेको छ । त्यसैले पनि मिडियाले उनलाई चासोमा लिन सक्ने भएकाले अन्यत्र कामको बहानामा सहभागी भएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot