Logo

नेपाल–दाहाल पार्टीको पिलोः ओली



काठमाडौं, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–दाहालरूपी पिलो निस्केर गएपछि पार्टी अनुशासित भएको बताएका छन् । पार्टीबाट पुष्पकमल दाहाल, माधव नेपाल निस्केर गएपछि अनुशासित हुँदै आएको बताए । आफूनिकट रहेका ट्रेड युनियन महासंघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘प्रचण्ड–नेपालहरू बाहिरिएपछि सबैभन्दा अनुशासित पार्टी बनेको छ । सबैभन्दा अनुशासित पार्टी आज हाम्रो पार्टी हो, हिजो सबैभन्दा अराजक पार्टी हाम्रो थियो । किन रहेछ भनेको त्यही पिलो रहेछ,’ ओलीले भने । प्रधानमन्त्री ओलीले अघिल्लोपटक आफ्नो सरकार ढाल्ने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू भएको आरोप लगाउँदै अहिले पार्टीबाट बाहिरिएपछि अनुशासित पार्टी बनेको बताए । उनले प्रचण्ड कतै जाने ठाउँ नभएको समेत दाबी गरे । प्रचण्डको कतै चुनाव लड्ने ठाउँ पनि नभएको उनको दाबी थियो ।

‘प्रचण्डको कतै चुनाव लड्ने ठाउँ पनि छैन, पहिला रोल्पा जानुभयो, सिराहा जानुभयो त्यसपछि चितवन अब अन्त जाने ठाउँ छैन,’ उनले भने । प्रधानमन्त्री ओलीले प्रचण्ड जंगलमा नबसेर दिल्लीतिर बसेको पनि आरोप लगाए । ‘उहाँ हिजो जंगलमा होइन, दिल्ली बसेर कपालमा जेलवाल तेल लगाएर बस्नुभएको हो’, प्रधानमन्त्री ओलीको आरोप थियो । प्रचण्ड र माधव नेपालप्रति निकै आक्रामक भएका ओलीले पारिवारिक समाजवाद आएको पनि दाबी गरे ।

घरबेटी र परिवारका लागि समाजवाद आइसकेको दाबी गर्दै ओलीले जनयुद्ध लडेकालाई भने समाजवाद नआएको बताए । उनले यसअधि कहिल्यै सूर्य चिह्नमा चुनाव नलडेकाहरूले सूर्य चुनाव चिह्न चाहियो भनेर दाबी गर्नुको कुनै अर्थ नभएको बताए । ‘एकपटक सूर्य चिह्नमा छाप नलाएका मान्छेहरू मेरो हो चुनाव चिह्न रे १ कहिलेबाट तपाईको सूर्य चिह्न? पार्टी छाडेपछि मेरो सूर्य चिह्न,’ प्रधानमन्त्री ओलीले भने । उनले प्रचण्डलाई २०७४ मा चितवनमा आफूहरूले जिताएको दाबी समेत गरे । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot