Logo

भीम रावलले ओलीलाई भनेः केटो



काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘केटो’ भनेका छन् । उनले धनगढीको विरोध सभालाई आज सम्बोधन गर्दै ओलीलाई बालुवाटारको ‘केटो’ भनेका हुन् ।

बालुवाटारमा बस्ने केपी ओलीले सुन्नुहोस्, जनसागरले देखाइसकेको छ कि तपाईंलाई आफ्नै हस्ताक्षरको मूल्य छैन ? रावलले प्रतिनिधि सभा विघटनको सिफारिशमा गरेको हस्ताक्षरबारे भने । उनले ओलीलाई सडकछाप भएको आरोप समेत लगाए ।

केही अघि ओलीले नेकपा नेता योगेश भट्टराईलाई केटो भनेका थिए । उनले भट्टराईको नाम नलिई पुक्क लात्ताले हानेर भागेको टिप्पणी गरेका थिए ।

ओलीले केही झुण्ड लिएर देशलाई संकटमा पार्ने काममा बढेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न गरे ।

वनमन्त्री प्रेमबहादुर आलेलाई वन तस्करीको आरोप लगाए । वनमन्त्री तस्करलाई बनाएपछि रुव विरुवा पनि थरथर कामिरहेको टिप्प्णी गरे ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्