Logo

ओलीलाई सदन बोलाएर कारबाही गर्ने प्रचण्डको चेतावनी (भिडियोसहित)



काठमाडौं, १७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदन बोलाएर भएपनि कारबाही गर्ने चेतावनी दिएका छन् । उनले धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अदालतमा मुद्दा विचाराधीन भएकाले मात्र रोकिएको बताए ।

अदालतमा मुद्दा हुँदैनथ्यो भने सदन बोलाउँथ्यौं । केपी ओलीलाई संसद बोलाएर कारबाही गर्ने तागत हामीसँग छ, प्रचण्डले भने, ‘सभामुखले दुई तिहाईको संसद बोलाउने र राष्ट्रघातका लागि कारबाही गर्ने अधिकार राख्छ ।’ ओलीले सेटिङबाट संसद विघटन गरेको प्रचण्डको टिप्पणी थियो ।

अदालतले संविधान हेरेर निर्णय गर्ने आशा व्यक्त गरे । प्रचण्डले अदालतले संविधान हेरेर फैसला गर्दा संसद विघटनको विपक्षमा आएमा सभामुखमार्फत् सदन बोलाउने संकेतका रुपमा पछिल्लो भनाईलाई लिइएको छ ।

प्रचण्डले संसद नमरेको र संविधानले विघटनको अधिकार ओलीलाई नदिएको तर्क गरे । उनले भने, ‘संसद मरेको छैन । हामी मरेका छैनौं । केपी ओलीले संसद सिध्धियो भन्ने अधिकार पनि छैन । संविधानले विघटन गरेको पनि छैन ।’

ओलीको कदमलाई चुपचाप नहसने बताए । उनले भने, ‘के ठानेको तानाशाह चुपचाप सहन्छौं ?’-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot