Logo

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो



काठमाडौं, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै आएको थिए । विक्रेताले पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन समहत भएको थिएन ।

विक्रेताले निगमले पेट्रोलियम पदार्थको कसिमन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पेट्रोलियम पदार्थ विक्रेताको कमसिन बढाएको हो । यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो ।

शनिबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका प्रतिनिधिबीच भएको छलफलमा निगमको सञ्चालक समितिले विक्रेताको कमिसन बढाउने निर्णय गरेको हो । सो निर्णयपछि एसोसिएसनले आइतबार गर्ने भनिएको विरोधका सबै कार्यक्रम फिर्ता लिएको निगमले जानकारी दिएको छ ।

यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसिएसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । शनिबार नेपाल आयल निगम र एसोसियसनलका प्रतिनिधिबीच भएको छलफलमा निगम सञ्चालक समितिले विक्रेताको कमिसन बढाउने निर्णय गरेको हो । यस निर्णयपछि एसोसिएसनले आइतबार गर्ने भनिएको विरोधका सबै कार्यक्रम फिर्ता लिएको निगमले जानकारी दिएको छ

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेतालाई पेट्रोलमा ०.३९५ प्रतिशत र डिजलमा ०.४७ प्रतिशत कमिसन बढाएको छ । यस भन्दाअघि विक्रेताले पेट्रोल बिक्री गरेबापत प्रतिलिटर ३ प्रतिशत र डिजलमा प्रतिलिटर २.६७ प्रतिशत कमिसन पाउने गरेका थिए । अब पेट्रोलमा प्रतिलिटर ३.३९५ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिसन पाउने भएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot