Logo

महासङ्घबाट गैरपत्रकारको बहिर्गमन



काठमाडौं, माघ १८ । नेपाल पत्रकार महासङ्घले केन्द्र र प्रदेशको केन्द्रीय नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै करिब १५ हजारको हाराहारीमा रहेका सदस्य घटेर अब करिब १० हजार कायम हुने भएका छन् ।

महासङ्घमा व्यावसायिक पत्रकारहरू मात्रै रहून् भन्ने उद्देश्यले चालिएको शुुद्धीकरण अभियानको क्रममा प्रत्यक्ष निर्वाचन प्रणालीमा गएपछि गैरपत्रकारको सङ्ख्या पनि ह्वात्तै घटेको छ । एक जना केन्द्रीय पार्षद् बन्नका लागि १० जना सदस्य हुनुुपर्ने पुरानो परपाटीको अन्त्य भएसँगै महासङ्घका सदस्य पनि घटेका हुन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot