Logo

सामाजिक र गणितमध्ये एक रोज्न पाइने



काठमाडौं, माघ १८ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय रोज्न पाउने भएका छन् । यसअघि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई मात्र अनिवार्य विषयका रूपमा राखिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले सो निर्णय गरेको जनाएका छन् । यसअघि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई खारेज गर्न माग गरी दायर रिट गत पुस २८ गते सर्वोच्च अदालतले खारेज गरेको थियो ।

गणितलाई अनिवार्य गर्नुपर्ने माग रिटमा गरिएको थियो । सर्वोच्च अदालतले यस विषयमा पुनः विचार गर्न निर्देशनात्मक आदेश दिएको र सोका आधारमा यस्तो निर्णय गरिएको उनको भनाई छ ।
कक्षा ११ मा यस पटकबाट नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो । यस पटकबाट विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषयअध्ययन गर्नुपर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot