Logo

आइतबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि



काठमाडौं, १८ माघ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य तोलामा १०० रुपैयाँले बृद्धि भएको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सुनको मुल्य स्थिर रहेर प्रतितोला ९२ हजार रुपैयाँ कायम रहेको थियो । आइतबार चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि चाँदीको मुल्य वृद्धि भई प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।



प्रतिक्रिया दिनुहोस्