Logo

प्रकाशको मृत्यु हुँदा ओलीले अमानवीय र रुखो शैली देखाएको प्रचण्डको आरोप



काठमाडौं, १८ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू शोकमा हुँदा रुखो व्यवहार देखाएको स्मरण गरे । धनगढी पुगेर हिजो उनले ओलीलाई अमानवीय र निर्मोही भने ।

छोरा प्रकाशको मृत्यु हुँदा आफू झापामा ओलीको पक्षमा भोट माग्न पुगेको सुनाए । तर, ओलीले छोराप्रति अलिकति पनि सम्झना नगरेको र योगदानबारे पनि केही नबोलेको बताए ।

जुन दिन ओलीको चुनावी क्षेत्रमा भोट माग्दै थिएँ प्रकाशको हृदयघातबाट मृत्यु भयो, प्रचण्डले भने,‘ओली जत्तिको अमानवीय र रुखो मान्छे देखेको छैन । उनको चुनावमा म गएको बेलामा छोराको मृत्यु भयो । उसको योगदान त छ नि, थोरै सम्झने पनि गरेनन् ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो परिवारप्रति व्यङ्ग्य गरेकोमा प्रचण्डले कडा जवाफ दिए । उनले छोराछोरीलाई सँगै आन्दोलनमा लगेको र योगदान दिएको सुनाए । ‘म निसन्तान भइनँ, सन्तान भए मेरो गल्ती हो । दोष दिन मिल्छ ?’ उनले भने,‘छोराछोरी भएपछि आन्दोलनमा लागे । जेल बसे । तीन वर्ष भैरवनाथ गणमा बसेको चानचुने कुरा हो । बन्दुक बोकेर जङ्गल हिंडेको ख्याल ख्याल हो । छोरी भएपछि विवाह हुन्छ ज्वाईँ हुन्छ । छोरा भएपछि बुहारी हुन्छन्, मेरो दोष हो ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot