Logo

ओली पक्षले माघ २३ गतेको सभाको लागि नारायणहिटी दरबारअघिको सडक रोज्यो



काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले यही माघ २३ गते काठमाडौंमा गर्ने भनेको जनसभाको स्थल टुँगो लगाएको छ । बाग्मती प्रदेश कमिटी अध्यक्ष तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलका अनुसार सभा भव्य बनाउनको लागि अहिलेदेखि नै तयारी भैरहेको जानकारी दिए ।

कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ । पोखरेलका अनुसार आफूहरुको सभाको लागि अरु स्थान साँघुरो भएको र धेरै मान्छे भेला हुन नसक्ने भएकाले नारायणहिटी अगाडिको सडकलाई रोजिएको हो ।

उता, प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूह भने सडक आन्दोलनमा छ । आजमात्रै पनि उक्त समूहका नेताहरु माईतीघरमा धर्नामा बसेका छन् । उक्त धर्ना कार्यक्रमलाई सम्बोधन गदै नेता सुरेन्द्र पाण्डेले ओलीको जनसभामा राजावादीहरु सहभागी हुने र माघ २३ गते नै ओलीले हिन्दूराष्ट्र पूनःस्थापनाको कुरा गर्नसक्ने दाबी गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्