काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विभिन्न १३ वटा भातृ संस्थाहरुको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक संसद विघटन कदमको विरुद्धमा भोलि माघ १९ गते संयुक्त रुपमा ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गर्ने भएका छन् । आज संयूक्त विज्ञप्ती निकाल्दै भनिएको छ–‘ नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं । यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।’
संसद विघटनमार्फत सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न कांग्रेसका १३ वटै भातृ संस्थाहरुले देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा आग्रहसमेत गरेको छ ।
माघ १८, २०७७
प्रदर्शनमा व्यापक सहभागिताका लागि संयुक्त अपील
नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री के.पी. शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा छौं । यस क्रममा भोलि माघ १९ गते नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।
संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।
जय नेपाल !
क्र.सं. संस्था अध्यक्ष÷सभापति
१ नेपाल महिला संघ उमा रेग्मी
२ नेपाल तरुण दल जीतजंग बस्नेत
३ नेपाल विद्यार्थी संघ राजीव ढुंगाना
४ नेपाल प्रजातन्त्र सेनानी संघ टंकप्रसाद शर्मा कँडेल
५ नेपाल किसान संघ भानुभक्त सिग्देल
६ नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा
७ नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना
८ नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग
९ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ
१० नेपाल मुस्लिम संघ अब्दुल सतार
११ नेपाल तामाङ्ग संघ कवेलबहादुर लामा
१२ नेपाल राष्ट्रिय मगर संघ ओम थापा मगर
१३ नेपाल ठाकुर समाज अनिरुद्ध्रप्रसाद ठाकुर